भोजपुर- टेम्केमैयुङ-६ को प्रयासमा २५ लाखको लागतमा कोटमा प्रसूति भवन निर्माण भएको छ। भवन निर्माणसँगै सेवा प्रवाहको तयारी पनि प्रारम्भ भएको छ।
वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार संघीयता कार्यान्वयनसँगै साविकको एक वडालाई विभाजन गरेर दुई वडा बनाइएकाले आधारभूत संरचना नभएका स्थानमा स्वास्थ्य सेवा विस्तारका लागि भवन निर्माण गरिएको हो।
भवन बनेपछि प्रसूति सेवा लिनका लागि घण्टौँ लगाएर स्टेचर तथा डोकोमा बोकेर जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता अत्य हुने वडासदस्य प्रेमकुमारी श्रेष्ठले बताइन्।
प्रकाशित: ९ जेठ २०८२ १३:१८ | Friday, May 23, 2025
प्रतिक्रिया



