नरसिंहा अवतार आजदेखि हलमा, राजेश हमालको ८ वर्षपछि कमब्याक

हिमाल प्रेस ९ जेठ २०८२ ७:४४ | Friday, May 23, 2025
नरसिंहा अवतार आजदेखि हलमा, राजेश हमालको ८ वर्षपछि कमब्याक

काठमाडौँ- अभिनेता राजेश हमाल ८ वर्षपछि अभिनयमा फर्किएको फिल्म ‘नरसिंहा अवतार’ आजदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ। लामो समयपछि हमालको नयाँ फिल्म आउन लागेको खबरसँगै दर्शकमाझ उत्साह देखिएको छ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा राजेश हमालसँगै सरोज खनाल, नीर शाह, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार लगायत थुप्रै कलाकारहरूको अभिनय देख्न पाइनेछ।

फिल्मका अन्य पक्षहरूमा राजु विक्रम थापाको छायांकन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन निर्देशन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ। संगीतमा शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलले काम गरेका छन्।

फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनको लगानी रहेको छ।

प्रकाशित: ९ जेठ २०८२ ७:४४ | Friday, May 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast