लोडसेडिङको हल्लामा कुनै सत्यता छैन : शाक्य

हिमाल प्रेस ८ जेठ २०८२ १८:५० | Thursday, May 22, 2025
लोडसेडिङको हल्लामा कुनै सत्यता छैन : शाक्य नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको हल्लामा कुनै सत्यता नरहेको बताएका छन्।

बिहीबार विराटनगरमा आयोजित ‘बढी विद्युत उपभोग गरी समयमा महसुल दाखिला गर्ने उद्योगी व्यवसायीको सम्मान’ कार्यक्रममा शाक्यले अहिले सामाजिक सञ्जालमा अनावश्यक रुपमा लोडसेडिङको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताएका हुन्।

विश्वसनीय विद्युत आपूर्ति गरेर त्यस्ता हल्लालाई निराधार बनाइने उनले बताए। उनले मुलुकमा अहिले विद्युत अभावको समस्या नरहेको भन्दै अहिले भईरहेको ट्रिपिङको समस्यालाई चाँडै नै समाधान गरिने धारणा राखे।

शाक्यले विद्युत आपूर्तिको स्थितिमा वर्षेनी सुधार भईरहेको बताउदै विश्वसनीय विद्युत आपूर्ति प्राधिकरणको प्रमुख ध्येय रहेको जानकारी दिए।

निजी क्षेत्र र उद्योगीहरुले सबैभन्दा बढी विद्युत उपभोग गरेर विद्युत प्राधिकरणको व्यापार वृद्धिमा सहयोग पुर्‍याएकोले सम्मान गर्ने नीति लिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्रकाशित: ८ जेठ २०८२ १८:५० | Thursday, May 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast