चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

हिमाल प्रेस ७ जेठ २०८२ १३:३८ | Wednesday, May 21, 2025
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

चितवन- चितवनलाई पर्यटकीय राजधानी बनाउन माग गरिएको छ। जिल्ला समन्वय समितिको अगुवाईमा सात पालिकाले जिल्लालाई पर्यटकीय राजधानी बनाउन आग्रह गरेका हुन्।

जिल्ला समन्वय समिति चितवनको प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार सात पालिका र सरोकारवालाको बैठकले जिल्लालाई पर्यटकीय राजधानी बनाउन अनुरोध गरेसँगै आफूले पहल थालेको जानकारी दिए।

उनले भने,‘आज हामी बागमती प्रदेशका मुख्यमन्त्रीलाई औपचारीक रूपमा आग्रह गर्दै छौँ।’ जिल्लाका सात पालिकाका प्रमुख एवं प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सफारी पर्यटनको दृष्टीले विश्वकै उत्कृष्ठ गन्तव्य चितवन पर्यटकीय राजधानीका लागि उपयुक्त हुने बताइन्। भरतपुर महानगरपालिकाले गत वर्षलाई भ्रमण वर्ष २०२४ को रूपमा मनाएको थियो।

रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले चितवन सबैभन्दा धेरै पर्यटकीय गतिविधि हुने जिल्ला भएको बताए। चितवन राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधता, दुर्लभ वन्यजन्तुको अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक आउने गरेको उनी बताउँछन्।

सरकारको १०० गन्तव्यमा २० हजार ताल, पटिहानी र सोमेश्वर गढी सूचिकृत छन् भने उत्कृष्ट गन्तव्यमा मेघौलीलाई समावेश गरिएको छ।

पर्यटन विज्ञ विश्वराज सुवेदीले पर्यटनको राजधानी लागि प्रकृति, साँस्कृति, धार्मिक र साहासिक पर्यटकीय गन्तव्य, सहज पहुँच, प्रयाप्त आवस सुविधा, पर्यटक सूचना केन्द्र तथा आवश्यक पूर्वाधार भएकाले पर्यटकीय राजधानी घोषणा गर्न योग्य रहेको बताए।

प्रकाशित: ७ जेठ २०८२ १३:३८ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast