अर्थमन्त्रीले दिए नवनियुक्त गभर्नर डा.विश्व पौडेललाई बधाई

हिमाल प्रेस ७ जेठ २०८२ १२:०१ | Wednesday, May 21, 2025
अर्थमन्त्रीले दिए नवनियुक्त गभर्नर डा.विश्व पौडेललाई बधाई

काठमाडौँ- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आज बिहान भेट गरेका छन्।

गभर्नरमा नियुक्त भएको भोलिपल्टै डा.पौडेल अर्थ मन्त्रालय पुगेर अर्थमन्त्रीलाई भेटेका हुन्। भेटका अवसरमा अर्थमन्त्री पौडेलले उनलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

डा.पौडेललाई सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो। नियुक्तिपछि उनले कार्यभार सम्हाल्दै प्राथमिक भेटघाटहरू सुरु गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast