नेपाल एकीकरणका नायक शाहप्रति विवाद आवश्यक छैन : नारायणकाजी श्रेष्ठ

हिमाल प्रेस २७ पुष २०७९ १८:२८ | Wednesday, January 11, 2023
नेपाल एकीकरणका नायक शाहप्रति विवाद आवश्यक छैन : नारायणकाजी श्रेष्ठ फाइल तस्बिर।

काठमाडौँ– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएर सरकारले उनीप्रति उच्चसम्मान प्रकट गरेको बताएका छन्।

जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘पृथ्वीनारायण शाह नेपालको भौगोलिक एकीकरणका नायक हुनुहुन्छ।उहाँको भूमिकाबारे कुनै विवाद आवश्यक छैन। राज्य विस्तारकै तरिकाद्वारा वस्तुगत रूपमा नेपालको भूभागको एकीकरण गर्ने काम उहाँमार्फत भएको हो,’ उनले भने, ‘यसलाई स्मरण र सम्मान गर्दै सरकारले आजको दिनलाई पृथ्वी जयन्तीका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसको ऐतिहासिक महत्त्व स्थापित भएको छ। पहिलो कुरा त हामीले ऐतिहासिक सत्यलाई राज्यको स्थापित गर्ने काम गरेका छौं।’

नेपालको भौगोलिक एकीकरणका नायक शाहको जन्म जयन्तीका अवसरमा सार्वजनिक बिदा दिएर सरकारले उनको ऐतिहासिक कदमलाई स्थापित गरेको श्रेष्ठको भनाइ छ।

प्रकाशित: २७ पुष २०७९ १८:२८ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast