सूर्य थापाको प्रश्न : सांसदलाई योजना सिफारिस गर्ने अधिकार दिँदा किन बकवास गरिन्छ?

हिमाल प्रेस ६ जेठ २०८२ १३:३१ | Tuesday, May 20, 2025
सूर्य थापाको प्रश्न : सांसदलाई योजना सिफारिस गर्ने अधिकार दिँदा किन बकवास गरिन्छ?

काठमाडौँ- नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा जननिर्वाचित सांसदहरूको भूमिका प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद थापाले प्रत्यक्ष निर्वाचित सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय योगदान दिने प्रतिबद्धता दलहरूको घोषणापत्रमा उल्लेख भएकाले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा जननिर्वाचित सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।

एकथरी मानिसले यस कार्यमा सांसदलाई अलग गर्नुपर्ने भनेर पूर्वाग्रही एवं नकारात्मक भाष्य निर्माणमा लागेको उनले गुनासो गरे। उनले दलको घोषणापत्रमा गरिएका प्रतिबद्धताका आधारमा जनताको विश्वास जितेर निर्वाचित भएको वस्तुगत यथार्थलाई बजेट विनियोजनका क्रममा हेक्का राख्नुपर्ने धारणा राखे।

सांसद थापाले सांसदहरूलाई कोष नभई योजना सिफारिस गर्ने अधिकार दिँदा त्यसविरुद्ध बकवास हुने गरेको बताए। बजेट सुन्ने, छलफल गर्ने र पारित गर्ने सांसदहरूको संवैधानिक र कानुनी अधिकार भएको थापाले बताए।

प्रकाशित: ६ जेठ २०८२ १३:३१ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast