
काठमाडौँ- हिमालप्रेसकर्मी सुस्मिता बजगाईंलाई पितृशोक परेको छ। बजगाईंका पिता ईश्वरीप्रसाद बजगाईंको ७२ वर्षको उमेरमा मकवानपुरको थाहा नगरपालिका- ७ आग्रा देउखेलस्थित निवासमा सोमबार निधन भएको हो।
ईश्वरीप्रसाद लामो समयदेखि क्यान्सरबाट पीडित थिए। उनका पत्नी, सात छोरा र दुई छोरी छन्। उनको आजै अन्त्येष्टि गरिएको छ।
प्रकाशित: ५ जेठ २०८२ १९:५३
प्रतिक्रिया