सुदूरपश्‍चिम मुख्यमन्त्रीमा राजेन्द्र रावलले गरे दाबी पेस

हिमाल प्रेस २७ पुष २०७९ १७:१० | Wednesday, January 11, 2023
सुदूरपश्‍चिम मुख्यमन्त्रीमा राजेन्द्र रावलले गरे दाबी पेस चार पार्टीको समर्थन लिएर प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गर्दै एमालेका रावल। तस्बिर- पदमराज भट्ट/हिमाल प्रेस

धनगढी– सुदूरपश्‍चिम प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेस गरेका छन्। नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर उनले प्रदेश प्रमुख देवराज जोशीसमक्ष बुधबार (आज) अपराह्न दाबी पेस गरेका हुन्।

४ पार्टीका २९ सांसदको समर्थनसहित रावलले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। रावलले सत्तागठबन्धनभित्र माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ सांसदको समर्थनसहित प्रदेश प्रमुख जोशीसमक्ष दाबी पेस गरेका हुन्।

५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन २७ संसद आवश्यक पर्छ। जसमा कम्तीमा एमालेका १०, माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ राप्रपा १ गरी २९ सांसदलाई लिएर रावलले दाबी पेस गरेका हुन्।

सुदूरपश्चिम सरकारको नेतृत्वका लागि एमाले र माओवादीबीच केन्द्रीय तहमा भएको सहमतिअनुसार एमालेका रावल मुख्यमन्त्री बन्ने भएका हुन्। सहमतिअनुसार प्रदेश सभामुख माओवादीले पाउने भएको छ।

मओवादीको भागमा परेको सभामुखमा भिमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गरी सकेका छन्। यता नेपाली कांग्रेसबाट पनि मानबहादुर रावलले सभामुखमा उम्मेदवारी दर्ता गरेका छन्।

प्रकाशित: २७ पुष २०७९ १७:१० | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast