सेयरबजारमा हरियाली : १९.३० अंकले बढ्यो नेप्से

हिमाल प्रेस ५ जेठ २०८२ १५:४६ | Monday, May 19, 2025
सेयरबजारमा हरियाली : १९.३० अंकले बढ्यो नेप्से सेयर बजार

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १९.३० अंक अर्थात् ०.७४ प्रतिशतले बढेर दुई हजार ६२८.३६ विन्दुमा कायम भएको छ। सोमबारको कारोबारमा विभिन्न ३२४ कम्पनीका एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता सेयर सात अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ दशमलव १८ मा किनबेच भएका छन्।

सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै सिन्धु विकास बैंक र ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले उकालो लागेको छ।

साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। त्यसैगरी छ्याङदी हाइड्रोपावरको सेयर मूल्य ४.४०, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको ४.३९ प्रतिशतले घटेको छ।

प्रकाशित: ५ जेठ २०८२ १५:४६ | Monday, May 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast