एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

हिमाल प्रेस ४ जेठ २०८२ १९:१४ | Sunday, May 18, 2025
एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

लमजुङ– नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले–कांग्रेसको समीकरण आगामी २०८४ को निर्वाचनसम्मै कायम रहने बताएका छन्।

आइतबार लमजुङ बेँसीसहरमा आयोजित एमाले लमजुङको ९औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक समापन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘देश र जनताको हितका लागि दुई पार्टीको गठबन्धन सरकार बनेको हो। कांग्रेस वा एमालेबाट बेइमान भएमा मात्रै गठबन्धन टुट्ने हो नत्र पूरा अवधिसम्म दुई पार्टीको समीकरण रहन्छ।’

उनले सरकार ढल्छ, टिक्दैन भनेर हल्ला फैलाउने गरिएको भन्दै यस्तो कुनै समस्या नरहेको बताए। ‘यसअघि पनि पटक÷पटक विभिन्न कालखण्डमा कांग्रेस—एमाले मिलेर अघि बढ्दै देशलाई संकटबाट जोगाउने काम गरेका छौँ। यसपटक पनि स्थिर सरकार र विकासको चाहना पूरा गर्न दुई पार्टी एकठाउँमा आएका हौँ, सोहीअनुसार काम गर्नुपर्छ,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने।

एमाले पार्टीमा निरन्तर क्रियाशील हुने र धैर्य गर्न सक्ने क्षमता भएका व्यक्ति मात्रै टिक्ने भन्दै उनले अवसरवादी व्यक्तिहरू अवसरको खोजीमा सबैतिर चाहार्दै हिँड्ने बताए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुक समृद्ध बनाउनका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने र त्यसमा पार्टी नेता, कार्यकर्ताको योगदान जरूरी रहेको बताए।

प्रकाशित: ४ जेठ २०८२ १९:१४ | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast