हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति

हिमाल प्रेस ४ जेठ २०८२ १२:२० | Sunday, May 18, 2025
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति

चितवन- गत साता आएको हुरीसहितको वर्षाले चितवनको केराखेतीमा २० प्रतिशत क्षति भएको छ। जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतोले बताए।

उनका अनुसार गत बुधबार र बिहीबार पूर्वी चितवनको कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगरमा गरिएको केराखेतीमा क्षति पुगेको छ।

ती क्षेत्रमा १५ देखि २० प्रतिशतसम्म क्षति पुगेको उनको भनाइ छ। शुक्रबार आएको हुरीका कारण भरतपुर महानगरपालिका वडा नं २३ र २६ मा केराखेतीमा क्षति पुगेको छ। साथै भरतपुरको ठिमुरा क्षेत्रमा पनि क्षति पुगेको छ।

केराखेती गर्दै आएका कालिका नगरपालिकाका माधव घिमिरेले उत्पादन लिने समयमा हुरीले केरामा क्षति पुर्‍याएको बताए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी रवि किरण अधिकारीका अनुसार हुरीले केराखेतीमा भएको क्षतिको विवरण संकलन भइरहेको बताए।

जिल्लामा हाल मालभोग, चिनी चम्पा र जि-९ जातको केराखेती हुँदै आएको छ। यहाँ तीन हजार बिघाभन्दा बढी क्षेत्रफलमा ७०० भन्दाबढी किसानले केराखेती गर्दै आएका छन्।

प्रकाशित: ४ जेठ २०८२ १२:२० | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast