महिला टी–२० विश्वकप एसिया छनोट : नेपालसँग बहराइन पराजित

हिमाल प्रेस १ जेठ २०८२ १६:५४ | Thursday, May 15, 2025
महिला टी–२० विश्वकप एसिया छनोट : नेपालसँग बहराइन पराजित

काठमाडौँ- आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले पराजित गरेको छ। बिहीबार भएको खेलमा नेपालले डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा बहराइनलाई ६ विकेटले पराजित गरेको हो।

समूह चरणको अन्तिम खेलमा जित निकालेसँग नेपालले सुपर–३ को सम्भावनालाई जिवीतै राखेको छ। नेपालसँग पराजित भएको बहराइन भने समूह चरणबाटै बाहिरिएको छ।

थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि नेपालले ८ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो। यो लक्ष्य नेपालले ५.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि कप्तान इन्दू वर्माले अविजित २४ र पूजा महतोले अविजित १३ रन बनाए। बहराइनका लागि पवित्रा सेट्टीले तीन विकेट लिइन्।

यसअघि टस जितेर ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाउँदै ७६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो।

खेल रोकिनुअघि बहराइनका लागि जेनब फाज्ली ४ र अबिरा वारिस १ रन बनाएर खेलिरहेका थिए। यसैगरी रसिका रोड्रिगोले २४, कप्तान दिपिका रसांगिकाले २३ र थरंगा गजनायके १२ रन बनाएर आउट भए।

बहराइनविरूद्धको जितसँगै तीन खेलमा पाँच अंक जोडेको नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। बहराइन एक अंकका साथ पुछारमा छ।

सुपर–३ मा पुग्न नेपालले अब शुक्रबार हुने हङकङ र बहराइनबीचको खेल कुर्नुपर्नेछ। यो खेलमा हङकङ पराजित भए नेपालको अघिल्लो चरणको यात्रा सुरू हुनेछ।

यसअघि हङकङसँग अंक बाँडेको नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको थियो। त्यस्तै हङकङसँग भएको दोस्रो खेलमा नेपाल सात विकेटले पराजित भएको थियो।

प्रकाशित: १ जेठ २०८२ १६:५४ | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast