‘सकम्बरी’ कुसुमले गरिन् इन्गेजमेन्ट

हिमाल प्रेस ३१ वैशाख २०८२ ११:४४ | Wednesday, May 14, 2025
‘सकम्बरी’ कुसुमले गरिन् इन्गेजमेन्ट

काठमाडौँ- ‘सकम्बरी’ बोलको गीतबाट चर्चामा आएकी मोडल कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन्। उनले प्रेमी विश्वास अधिकारीसँग इन्गेजमेन्ट गरेकी हुन्।

उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्। कुसुमले नै टिकटकबाट इन्गेजमेन्टको भिडियो सेयर गरेकी छन्।टिकटकबाटै उनीहरु प्रेममा रहेकाे चर्चा चलेकाे थियाे।

कुसुमले करिब दुई दर्जन भिडियोमा अभिनय गरिसकेकी छन्। उनी फिल्म ‘वर एण्ड बधू’मा पनि अभिनय गरेकी छन्। निर्माण भइरहेको ‘माइली’ मा समेत जोडिएकी छन्।

प्रकाशित: ३१ वैशाख २०८२ ११:४४ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast