 फाइल तस्बिर : एपी/रासस
                             फाइल तस्बिर : एपी/रासस
                                            युद्धविराम घोषणापछि पहिलोपल्ट भारत र पाकिस्तानबीच सोमबार (आज) वार्ता हुँदैछ। भारतको विदेश मन्त्रालयकाअनुसार सोमबार मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चाधिकारीसहित वार्ता तय भएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेसन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले गर्ने छन् ।
दुई साताअघि जम्मु कास्मिरको पहलगाममा भएको आतंककारी आक्रमणपछि भारतले गरेको जवाफि कारवाहीपछि युद्धमा उत्रिएका भारत र पाकिस्तानले तनावकै बीच शनिबार युद्धविराम घोषणा गरेका थिए ।
भारत-पाकिस्तानबीच लामो समयदेखि जम्मु कास्मिर क्षेत्रलाई लिएर टकराव चल्दै आएको छ । योपटक युद्धमै उत्रिएका दुई देशलाई मानवीय क्षति हुने संघर्षमा नजान विभिन्न मुलुकले आग्रह गर्दै आएका थिए ।
                            प्रकाशित: २९ वैशाख  २०८२ ८:५२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 