जेलेन्स्कीले भने : म पुटिनको पर्खाइमा छु

हिमाल प्रेस २९ वैशाख २०८२ ८:४८
जेलेन्स्कीले भने : म पुटिनको पर्खाइमा छु

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि तयार रहेको बताएका छन् ।

जेलेन्स्कीलेले सामाजिक सञ्जालमार्फत युद्ध अन्त्यको विषयमा पुटिनसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताएका हुन् । उनले यो भेटवार्ता बिहीबार टर्कीको इस्तानबुलमा हुन सक्ने समेत बताएका छन् ।

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यूक्रेनलाई टर्कीमा रूससँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका थिए । जेलेन्स्कीले एक्समा लेखेका छन्, ‘अब अरू ज्यान गुमाउनुको कुनै अर्थ छैन । म बिहीबार पुटिनलाई टर्कीमा कुरिरहेको हुनेछु, व्यक्तिगत रूपमा ।’

यूक्रेन वार्ताका लागि तयार रहेका जेलेन्स्कीले यसअघि नै स्पष्ट पारेका छन् । उनले वार्ताको पहिलो सर्त युद्धविराम भएको बताएका छन् ।

शनिबार राति राष्ट्रपति पुटिनले पनि युक्रेनलाई ‘गम्भीर वार्ता’को निम्तो दिएका थिए । रुस-यूक्रेन युद्ध सन् २०२२ मा सुरु भएको थियो, जब रुसले यूक्रेनमा हमला गरेको थियो ।

प्रकाशित: २९ वैशाख २०८२ ८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast