 
                             
                                            भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेदेखि युद्धविराम लागू भएपनि त्यसको ३ घण्टापछि पाकिस्तानले युद्धविराम उल्लंघन गरेको छ ।
राति ८ बजेदेखि जम्मू कश्मीरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएस पुरा, साम्बा, उधमपुरमा पाकिस्तानी पक्षबाट गोलीबारी भइरहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
सञ्चारमाध्यामहरुका अनुसार राजौरीमा गोलाबारी गरिएको छ भने उधमपुरमा ड्रोन आक्रमण भएको छ । जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले भने, ‘यो कस्तो प्रकारको युद्धविराम हो रु श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका छन्।’
                            प्रकाशित: २८ वैशाख  २०८२ ६:३५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 