सुडानमा हवाई आक्रमण : एउटै परिवारका १४ जनाको मृत्यु

हिमाल प्रेस २७ वैशाख २०८२ १७:३७ | Saturday, May 10, 2025
सुडानमा हवाई आक्रमण : एउटै परिवारका १४ जनाको मृत्यु

काठमाडौँ– सुडानको डार्फर क्षेत्रमा रहेको विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा एउटै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन्।

डार्फरको अबु सुक शिविरलाई लक्षित गर्दै गरिएको आक्रमणबारे स्वयंसेवकहरूले जानकारी दिएका छन्। उनीहरूले घटनाको विवरणसहित विज्ञप्ति जारी गरेका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार, डार्फरको राजधानी एल–फासेर नजिकैको यो क्षेत्र अझै पनि अर्धसैनिक बल आरएसएफको नियन्त्रणमा छैन र खाद्य संकटले गम्भीर रूपमा प्रभावित छ।

डार्फर क्षेत्र अफ्रिकामा द्वन्द्वका कारण विस्थापित भएका लाखौँ मानिसहरूको आश्रयस्थल बनेको छ। पछिल्लो समय नियमित सेनासँगको युद्धमा संलग्न रहेको आरएसएफले यस्ता शिविरहरूलाई निशाना बनाउन थालेको छ।

अबु सुक शिविर, जो जामजाम शिविर नजिकै रहेको छ, अप्रिलमा आरएसएफले गरेको विनाशकारी आक्रमणपछि खाली भएको थियो। संयुक्त राष्ट्रसंघले यस क्षेत्रमा झन्डै १० लाख शरणार्थीहरू रहेको जानकारी दिएको छ।

यो द्वन्द्व सेना प्रमुख अब्देल फताह अल–बुरहान र पूर्वआरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोबीचको शक्ति संघर्षको रूपमा सुरु भएको हो। संयुक्त राष्ट्रसंघले यो युद्धलाई विश्वकै सबैभन्दा गम्भीर मानवीय संकटको रूपमा चिनिएको जनाएको छ।

हाल सेनाले देशको उत्तर, पूर्व र केन्द्रमा नियन्त्रण जमाएको छ भने आरएसएफले पश्चिमी र दक्षिणी क्षेत्रका धेरै भागमा प्रभुत्व जमाएको छ।-रासस/एएफपी

प्रकाशित: २७ वैशाख २०८२ १७:३७ | Saturday, May 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast