सरकार प्रतिशोधीको रूपमा प्रस्तुत भयो : कमल थापा

हिमाल प्रेस २७ वैशाख २०८२ १६:३७ | Saturday, May 10, 2025
सरकार प्रतिशोधीको रूपमा प्रस्तुत भयो : कमल थापा

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते काठमाडौँमा भएको घटनाको आवरणमा सरकार प्रतिशोधका रुपमा प्रस्तुत भइरहेको बताएका छन्।

राप्रपाका नेता रवीन्द्र मिश्रलगायत सबैको रिहाइको माग गर्दै ‘राष्ट्रवादी देशभक्त जनता’ नामक संगठनले ललितपुरको जावलाखेलमा जारी राखेको रिले अनशनमा पगेका अध्यक्ष थापाले अभिव्यक्ति स्वतन्त्रता र विना हतियार भेला हुन पाउने अधिकारको उपयोग गर्दा सरकारले पक्राउ गरी झुटा मुद्धा लगाएको भन्दै सरकार प्रतिसोधका रुपमा प्रस्तुत भइरहेको बताएका हुन्।

सबैको बयान सकिएको अवस्थामा पनि वर्तमान सरकारले उनीहरुमाथि अनेकाँै झुटा मुद्दा लगाउने दुष्प्रयास गरिरहेको र ४३ दिनदेखि थुनामा राखिरहेको उनले बताए। अध्यक्ष थापाले उक्त घटनामा पक्राउ गरेकालाई छिटो भन्दा छिटो रिहा गर्न माग गरे।

चैत्र १५ गतेको घटनामा पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी नभएको उनले बताए। मिश्रलगायतका नेताहरु चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए।

प्रकाशित: २७ वैशाख २०८२ १६:३७ | Saturday, May 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast