काठमाडौँ- पाकिस्तानी सेनाले भारतीय सैन्य स्थलहरूमा आक्रमण सुरु गरेको घोषणा गरेको छ।
भारतले पाकिस्तानको तीन वायुसेना केन्द्रहरूमा आक्रमण गरेपछि प्रतिक्रियास्वरूप पाकिस्तानी सेनाले भारतमाथि युद्ध विमानबाट हावाबाट जमिनमा मिसाइल प्रयोग गरेको छ।
पछिल्लो आक्रमणको प्रतिक्रियामा पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शनिबार स्थानीय समयानुसार बिहान ३ः१५ बजेदेखि दिउँसो १२ बजेसम्म आफ्नो वायुसीमा बन्द गर्ने निर्णय गरेको छ।
प्रकाशित: २७ वैशाख २०८२ ८:०३ | Saturday, May 10, 2025
प्रतिक्रिया




