काठमाडौँ- प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम लोकसेवा आयोगले स्थायी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौँ तहका विभिन्न सेवा समूहका लागि आयोगले दरखास्त आह्वान गरेको हो।
सुदूरपश्चिम प्रदेश र अन्तर्गत निकाय र कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था बमोजिम सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो।
प्रकाशित: २७ पुष २०७९ ७:५९
प्रतिक्रिया