सर्‍यो कांग्रेसको केन्द्रीयसमितिको बैठक

हिमाल प्रेस २७ पुष २०७९ ७:१२
4
SHARES
सर्‍यो कांग्रेसको केन्द्रीयसमितिको बैठक फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दोस्रो पटक पनि सरेको छ। पुस २२ बाट पुस २८ मा बस्ने तय भएको बैठक पुनः सरेर माघ १५ गते बस्ने भएको छ ।

बैठक अपराह्न १ बजे बस्ने निश्चित गरिएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार तयारीका क्रममा बैठक सरेको हो।

उनले यही पुस २८ गते बिहीबार अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक माघ १५ गते आइतबार अपराह्न १ बजे बस्ने बताए।

 

प्रकाशित: २७ पुष २०७९ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =