लाहोरमा भएका आफ्नो कर्मचारीलाई सुरक्षित स्थानमा बस्न अमेरिकाको निर्देशन

हिमाल प्रेस २५ वैशाख २०८२ १७:४६
12
SHARES
लाहोरमा भएका आफ्नो कर्मचारीलाई सुरक्षित स्थानमा बस्न अमेरिकाको निर्देशन

काठमाडौँ- पाकिस्तानस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको छ।

पाकिस्तानको लाहौरस्थित अमेरिकी महावाणिज्य दूतावासले लाहौर र आसपासका हवाई क्षेत्रमा ‘ड्रोन विस्फोट’ र भारतका तर्फबाट हुनसक्ने सम्भावित हवाई आक्रमणलाई  दृष्टिगत गरी आफ्नो कर्मचारीहरूलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएको हो।

‘पाकिस्तानी अधिकारी लाहोरको प्रमुख हवाई विमानस्थल आसपासका क्षेत्र खाली गराउनसक्ने जानकारी वाणिज्य दूतावासलाई प्राप्त भएको छ,’ वाणिज्य दूतावासले आफ्नो वेबसाइटमा भनेको छ,‘यस क्षेत्रमा भएका अमेरिकी नागरिकलाई सुरक्षित स्थानमा जान आनुरोध छ।’

प्रकाशित: २५ वैशाख २०८२ १७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast