यी हुन् ‘मिस एण्ड मिस्टर नेसनल नेपाल २०२५’ का विजेता

हिमाल प्रेस २५ वैशाख २०८२ १३:३६
92
SHARES
यी हुन् ‘मिस एण्ड मिस्टर नेसनल नेपाल २०२५’ का विजेता

काठमाडौँ- मिस एण्ड मिस्टर नेसनल नेपाल-२०२५ को ग्रान्ड फिनाले सम्पन्न भएको छ।  कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार भएकाे फिनालेमा ६ विधामा विजेता घोषणा गरिएको छ।

यसवर्ष मिस सुप्रा नेसनल दीक्षा अवस्थी र साइरस विश्वकर्माले मिस्टर सुप्रा नेसनलको उपाधि जितेका छन्।

मिस्टर इन्टरनेसनल सिद्धार्थ तामाङ, मिस ग्लोब रिजु भट्टराई, मिस्टर टुरिज्म क्रिशल श्रेष्ठ र मिस इन्टरकन्टिनेन्टल सुम्निमा पुरीले जिते।

त्यस्तै, मिस नेसनल नेपाल अनिशा श्रेष्ठ र मिस्टर नेसनल नेपाल प्रयाग रेग्मी बने। फस्ट रनरअप सिल्भिया शर्मा र सिजल कपाली बने। सेकेन्ड रनरअपमा युक्ता सिंह र अजहर आलम छन्।

फिनालेमा सबटाइटल राउन्डमा साइरस विश्वकर्मा र सुम्निमा पुरी उत्कृष्ट स्विमवेयर, सिजल कपाली र अनिशा श्रेष्ठले टप फोटोजेनिक, साइरस विश्वकर्मा र मनिशा पन्तले टप फिजिकको अवार्ड जितेका छन्।

त्यस्तै, टप मोडलतर्फ दीक्षा अवस्थी र क्रिशल श्रेष्ठ, मिस इलिगेन्सतर्फ सिल्भिया शर्मा, मिस्टर एलिगेन्स प्रयाग रेग्मी, मल्टिमिडिया अवार्ड रविना जिसी र सिद्धार्थ तामाङ, पब्लिक च्वाइस अवार्ड रिजु भट्टराई र अजहर आलमले जिते।

सिद्धार्थ तामाङ र सुम्निमा पुरीले मिस्टर एन्ड मिस ट्यालेन्ट, मिस्टर एन्ड मिस फोटोजेनिकमा छेवाङ शेर्पा र सुम्निमा पुरी, मिस एन्ड मिस्टर हस्पिटालिटी वर्षा थापा र छेवाङ शेर्पा, मिस्टर एन्ड मिस स्क्रीन अवार्ड सिद्धार्थ तामाङ र दीक्षा अवस्थी बेस्ट हेयरको अवार्ड मनिश शाह र अनु राई, बेस्ट स्माइल आयुश श्रेष्ठ र अन्जना शेर्पा जिते।

मिस्टर एन्ड मिस कन्जिनियालिटी जीवन उप्रेती र अनिशा श्रेष्ठ, मिस एन्ड मिस्टर कम्युनिकेट युक्ता सिंह र जीवन उप्रेती, मिस्टर एन्ड मिस इन्फ्युन्जर साइरस विश्वकर्मा र जुली शाह, मिस एन्ड मिस्टर इम्पावरमेन्ट स्वेछा ढकाल र स्पन्दन राई बने।

प्रतियोगिताको निर्णायकको रुपमा डा. सन्तोष उपाध्याय, अरुण बस्नेत, केदारप्रसाद न्यौपाने, डा. केशु खड्का, सिजल रुपाखेती र प्रीया सिग्देल थिए।

प्रत्येक विजेताले २ लाख पुरस्कारसहित उपहार प्रदान गरिएको छ। सनुर्वी इन्टरनेसनल तथा नेसनल डारेक्टर सन्तोष उपाध्यक्षले वितरण गरेका हुन्।

मिस एण्ड मिस्टर नेसनल नेपाल-२०२५ को फिनालेमा महिला र पुरुष गरी २७ जना प्रतिस्पर्धीहरु सहभागीता थियो।

प्रकाशित: २५ वैशाख २०८२ १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast