लाहोरमा खसालियो भारतीय जासुसी ड्रोन

हिमाल प्रेस २५ वैशाख २०८२ १०:३४
166
SHARES
लाहोरमा खसालियो भारतीय जासुसी ड्रोन

काठमाडौँ- पाकिस्तानको लाहोर सहरको वाल्टन रोड क्षेत्रमा भारतीय जासुसी ड्रोन खसालिएको छ। उक्त घटनापछि श्रृंखलाबद्ध विस्फोटहरू भएका छन्। पाकिस्तानी सञ्चारमाध्यम समा टीभीका अनुसार ड्रोन वाल्टन विमानस्थल नजिकै खसालिएको हो। विस्फोटका आवाजहरू गोपाल नगर र नसीराबाद क्षेत्रसम्म सुनिएका थिए।

विस्फोटपछि स्थानीय बासिन्दाहरू आत्तिएर घर बाहिर निस्किए भने आकाशमा धुवाँको मुस्लो देखिएको थियो। प्रहरी र उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् र अनुसन्धान जारी छ। हालसम्म घटनामा मानवीय क्षति भएको विवरण सार्वजनिक गरिएको छैन।

यसअघि मंगलबार राति भारतले ‘अपरेसन सिन्दूर’ अन्तर्गत पाकिस्तानका ९ स्थानमा हवाई आक्रमण गरेको थियो। भारतले ती स्थानहरूमा आतंकवादीहरू लुकेको दाबी गरे पनि पाकिस्तानले सामान्य बासिन्दा प्रभावित भएको जनाएको छ। पाकिस्तानी सैन्य प्रवक्ता अहमद सरिफ चौधरीका अनुसार ती हमलामा २६ नागरिक मारिए भने ४६ जना घाइते भएका छन्।

त्यसको जवाफस्वरूप पाकिस्तानले बुधबार बिहान कश्मीर क्षेत्रमा गोलाबारी गरेको भारतीय सेनाले जनाएको छ। सो आक्रमणमा भारतका १५ नागरिकको मृत्यु र ४३ जना घाइते भएको बताइएको छ।

 

प्रकाशित: २५ वैशाख २०८२ १०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast