
काठमाडौँ- ‘केही भनेकै छैन’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ। गीत सुदीप अधिकारी र शान्ति श्री परियारले गाएका छन्। गायक अधिकारीकै शब्द र संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन छ।
कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ गरेको गीत खुमन राना र सुमन रानाले गीत रेकर्डिङ गरेका हुन्।
गीत प्रेम कथामा आधारित छ। ग्रामीण परिवेशमा छायांकन गरिएको गीतको भिडियोमा ओवी रायमाझी र जुना विश्वकर्माले अभिनय गरेका छन्। सुदीप बरालले छायांकन गरेको गीत मनोज कार्कीको सम्पादनमा बनेको छ।
भिडियो सुदीप अधिकारी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
यस्तो छ गीत
प्रकाशित: २३ वैशाख २०८२ १५:४१
प्रतिक्रिया