सुशासन र जनउत्तरदायित्व सरकारको प्रमुख दायित्व हुनुपर्छ : सांसद केसी

हिमाल प्रेस २३ वैशाख २०८२ १३:५३
10
SHARES
सुशासन र जनउत्तरदायित्व सरकारको प्रमुख दायित्व हुनुपर्छ : सांसद केसी फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारमा सुशासन, योग्यता र जनउत्तरदायित्व स्पष्ट रूपमा देखिनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले राज्यको नेतृत्वले विधिविहीनता, भ्रष्टाचार, पक्षपात र दण्डहीनता जस्ता विकृतिहरू नियन्त्रण गर्न नसकेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

रासससँगको कुराकानीमा नेता केसीले यस्ता कमजोरीहरूले आम जनमानसमा निराशा, अविश्वास र असन्तुष्टिको वातावरण सिर्जना गरिरहेको बताए। ‘सरकारले जिम्मेवारीको बोध गरि जनता समक्ष उत्तरदायी बन्नुपर्ने अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो,’ उनले भने।

नेता केसीले आफ्नो लामो राजनीतिक अनुभवको चर्चा गर्दै भने, ‘म पटक–पटक जननिर्वाचित सांसद बनेँ, संविधानसभा सदस्य र चारपटक मन्त्री पनि भएँ। तर राज्यसञ्चालनमा व्यवहारमुखी मान्यतालाई कार्यान्वयनमा ल्याउन अझै कठिन छ।’

उनले वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर टिप्पणी गर्दै नेतृत्व तहमा सुधार र जवाफदेहिताको संस्कृति विकास नगरेसम्म मुलुकले स्थायित्व र प्रगति पाउन नसक्ने चेतावनीसमेत दिए।

प्रकाशित: २३ वैशाख २०८२ १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast