रेशम पक्राउ विषयलाई उदाहरण दिँदै महन्थले भने,‘राज्यले निरन्तर थारू-मधेशीलाई अन्याय गर्‍यो’

हिमाल प्रेस २२ वैशाख २०८२ १२:२४
10
SHARES
रेशम पक्राउ विषयलाई उदाहरण दिँदै महन्थले भने,‘राज्यले निरन्तर थारू-मधेशीलाई अन्याय गर्‍यो’

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले तराई–मधेशका नेताहरुमाथि राज्यले अन्याय गरेको भन्दै आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै ठाकुरले थारु–मधेशी जनजातिलाई राज्यबाट निरन्तर अन्याय भइरहेको भन्दै आपत्ति जनाए। उनले आफूहरूमाथि निरन्तर अन्याय हुँदा पनि राज्यले त्यसलाई नसुनेको भन्दै अव सुनाउने ठाँउ नरहेको बताए।

ठाकुरले आफूहरूमाथि सार्वजनिक रूपमा भएको दुव्र्यवहारका घटना अव संसदमार्फत नागरिकलाई सुनाउने जिकिर गरे। उनले रेशम चौधरीलाई फर्जी पत्रका आधारमा विनाकारण पक्राउ गरी ५ घन्टासम्म जेलमा राखेर दुर्व्यवहार गरिएको धारणा राखे।

ठाकुरले राज्यले विजेताको रुपमा आफूलाई प्रस्तुत गरेको र विजेता नै न्यायको कुर्सीमा बसेका कारण आफूहरूले न्याय पाउन नसकेको गुनासो गरे।

प्रकाशित: २२ वैशाख २०८२ १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast