मण्डलामा मञ्चनरत नाटक ‘उर्फ दारासिंह’ (तस्बिरहरू)

हिमाल प्रेस १७ वैशाख २०८२ १३:२८ | Wednesday, April 30, 2025
मण्डलामा मञ्चनरत नाटक ‘उर्फ दारासिंह’ (तस्बिरहरू) तस्बिर : मण्डला थिएटर फेसबुक पेज

काठमाडौँ- थापागाउँस्थित मण्डला थिएटरमा चेतन आङ्थुपो निर्देशित नाटक ‘उर्फ दारासिंह’ मञ्चन सुरू भएको छ। वैशाख १६ देखि मञ्चन भएको नाटक जेठ ११ चल्नेछ।

दारासिंह अर्थात् कर्ण बहादुर केरुङको कथामा आधारित नाटकको कथा सुमन लिङ्देनले लेखेका छन्। नाटकमा केरूङ कसरी दारासिंह बने, पञ्चायतकालीन समय झोडा आन्दोलनमा उनले कस्तो भूमिका निभाए भन्ने विषय प्रस्तुत गरिएको छ। तत्कालीन पञ्चायत सरकारले ल्याएको भूमि व्यवस्थापनको योजनामा झोडा, जमिन सट्टाभर्नाजस्ता राजनैतिक कोपभाजनमा परेर २०३७ सालमा दारासिङको मृत्यु भएको थियो।

नाटकमा कलाकार आकाश सुहाङ, अञ्जना राई, प्रविन मगर, लहना राई, मन कुमार योङहाङ, दावा शेर्पा, मनी के.राई, नुमा राई, सम्पदा थुलुङ, मनिक शंकर, प्रविन भण्डारी, सञ्जित थुलुङ, अजय लामा, युगल लिम्बू, पवन गोले, युगल श्रेष्ठ र उज्वल राईले अभिनय गरेका छन्।

चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको एक थिएटरको सहकार्यमा मञ्चन भएको हो। रुपेश लामाको सह-निर्देशन रहेको नाटकका निर्माता सुमन राई हुन्। नाटक साेमबारबाहेक साताकाे प्रत्येक दिन साँझ ५: ३० बजे मञ्चन हुनेछ।

तस्बिरहरू : मण्डला थिएटर फेसबुक पेज

 

प्रकाशित: १७ वैशाख २०८२ १३:२८ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast