‘जार’ का निर्देशक भन्छन् : आठ मिनेट बाघको भिएफएक्स गर्न दुई करोड खर्च भयाे

हिमाल प्रेस १७ वैशाख २०८२ १२:१८ | Wednesday, April 30, 2025
‘जार’ का निर्देशक भन्छन् : आठ मिनेट बाघको भिएफएक्स गर्न दुई करोड खर्च भयाे

काठमाडौँ- फिल्म ‘जार’का अभिनेता सौगात मल्ल बाघसँग आमानेसामने हुन्छन्। स्क्रिप्टमा उनले बाघको सामना गर्ने सिन छ।

साहित्यकार इन्द्रबहादुर राईले लेखेको कथामा यसका मुख्य पात्रलाई बाघले लतारेर लगेको दृश्य छ। यो दृश्य नराखे फिल्म नै अधुरो हुने भएकोले जसरी पनि राख्नैपर्ने टिमलाई बाध्यता थियो।

निर्देशक फुर्वा छिरिङ लामाले उक्त दृश्य राख्ने निर्णय गरे। यो दृश्यका लागि भीएफएक्सको विकल्प थिएन। उनले भीएफएक्स नै रोजे। ‘सुरुमा त यो सम्भव छ र भन्ने लाग्यो। कुनै स्टुडियोलाई दिने हो भने त्यसले कम्तीमा ८ देखि १० करोड रुपियाँ लाग्ने थियो,’ उनले भने, ‘तर, हामीले फ्रिलान्सर भीएफएक्स आर्टिस्टलाई काम गरायौँ ।’

फ्रिलान्सर भीएफएक्स आर्टिस्ट प्रयोग गर्दा पनि दुई करोड रुपियाँ खर्च भएको निर्देशक लामाले बताए। लामो समय लिएर ३७ जना फ्रिलान्सर भिएफएक्स आर्टिस्टले बाघको दृश्यका लागि काम गरेको उनले जानकारी दिए। आठ मिनेटको उक्त दृश्यका लागि हलिउड फिल्म ‘गेम अफ थ्रोन्स’, ‘मिसन इम्पोसिबल’लगायत फिल्मका भिएफएक्स आर्टिस्टले काम गरेको उनले बताए।

फिल्म ‘जार’ यही २६ वैशाखदेखि प्रदर्शन हुँदैछ। ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म हो।फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिकामा छन्। फेरि टेल पिक्चर्सले निर्माण गरेको फिल्ममा सामाजिक विषय समेटेको निर्देशक लामाको दाबी छ।

प्रकाशित: १७ वैशाख २०८२ १२:१८ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast