लोसपाले पनि सरकारलाई विश्वासको मत दिने

हिमाल प्रेस २६ पुष २०७९ ११:१० | Tuesday, January 10, 2023
लोसपाले पनि सरकारलाई विश्वासको मत दिने लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विश्वासको मत दिने भएको छ। संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत निर्णय गरेको हो।

सांसद शरदसिंह भण्डारीका अनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समितिले अध्यक्ष महन्थ ठाकुरलाई विश्वासको मत दिने/नदिने विषयमा निर्णय गर्ने अधिकार दिएको थियो। ‘संसदीय दल बैठकको सुझावका आधारमा अध्यक्ष ठाकुरले विश्वासको मत दिने निर्णय गर्नुभएको हो,’ उनले भने, ‘संविधानमा भएका त्रुटिहरूलाई हटाउँदै संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पनि यही संसद्को भएकाले विश्वासको मत दिने निर्णय भएको हो।’

साथै साझा न्यूनतम कार्यक्रमलाई आधार बनाएर संविधान संशोधन, नागरिकता विधेयक, थरुहट राजबन्दीहरूको रिहाइ आफूहरूको माग रहेको भण्डारीले बताए।

यसअघि एकीकृत समाजवादीले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो।

आज (मंगलबार) दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन्।

प्रकाशित: २६ पुष २०७९ ११:१० | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast