पूर्वप्रधानमन्त्री भट्टराईको भारत भ्रमण : पूर्वराजदूत र कूटनीतिज्ञसँग गरे छलफल

हिमाल प्रेस १५ वैशाख २०८२ १८:०७ | Monday, April 28, 2025
पूर्वप्रधानमन्त्री भट्टराईको भारत भ्रमण : पूर्वराजदूत र कूटनीतिज्ञसँग गरे छलफल

काठमाडौँ- भारतको नयाँ दिल्लीमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका लागि भारतीय पूर्वराजदूतहरूसँग अनौपचारिक भेटघाट गरेका छन्।

दिल्ली भ्रमणका क्रममा आयोजित विशेष अन्तर्क्रिया कार्यक्रममा डा. भट्टराईले श्याम शरण, राकेश सूद, रञ्जित रे, मंजिव सिंह पुरीजस्ता पूर्वराजदूतहरूसँग छलफल गरेका हुन्।

कार्यक्रममा भारतका परराष्ट्रविज्ञहरू प्रा. मुनी, प्रा. मट्टु तथा वरिष्ठ सञ्चारकर्मी भारत भूषणको पनि उपस्थिति रहेको थियो।

अनौपचारिक भेटघाटका क्रममा नेपाल–भारत सम्बन्धको वर्तमान अवस्था, क्षेत्रीय सहकार्य, भूराजनीतिक परिवेश तथा आर्थिक साझेदारीका सम्भावनाबारे छलफल भएको डा.भट्टराईको सचिवालयले जनाएको छ।

डा. भट्टराईले भारत भ्रमणअन्तर्गत विभिन्न राजनीतिक, कूटनीतिक र बौद्धिक व्यक्तित्वहरूसँग भेटघाट जारी राखेका छन्। उनले यसअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग पनि भेटवार्ता गरेका थिए।

प्रकाशित: १५ वैशाख २०८२ १८:०७ | Monday, April 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast