पूर्वप्रधानमन्त्री डा. भट्टराईले भारतीय रक्षामन्त्री सिंहसँग गरे आर्थिक सम्बन्धबारे छलफल

हिमाल प्रेस १५ वैशाख २०८२ १६:०३
80
SHARES
पूर्वप्रधानमन्त्री डा. भट्टराईले भारतीय रक्षामन्त्री सिंहसँग गरे आर्थिक सम्बन्धबारे छलफल भारत भ्रमणमा रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्तिका) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्रीसँग सोमबार नयाँदिल्लीमा भारतका रक्षामन्त्री राजनाथ सिंह। तस्बिर स्रोत : भट्टराईको सचिवालय

काठमाडाैँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ।

प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुगेका अध्यक्ष डा.भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच साेमबार नयाँ दिल्लीमा भेटवार्ता भएको हाे।

भेटका क्रममा उनीहरूबीच दुई देशकाे सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे सकारात्मक छलफल भएको पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालयले जनाएकाे छ।

सचिवालयका अनुसार दुई देशबीचको आर्थिक सम्बन्धलाई कसरी नयाँ उचाइमा पुर्‍याउने र थप प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको छ।

भेटमा भट्टराईले भारतको पहलगाममा भएको आतंकवादी हमलाबारे दु:ख व्यक्त गर्दै निन्दा गरेका थिए।

प्रकाशित: १५ वैशाख २०८२ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast