शिक्षा विधेयक यही संसद्‍ अधिवेशनबाट टुंग्याउने गरी अघि बढेको छ : सूर्य थापा

हिमाल प्रेस १५ वैशाख २०८२ १२:३१
82
SHARES
शिक्षा विधेयक यही संसद्‍ अधिवेशनबाट टुंग्याउने गरी अघि बढेको छ : सूर्य थापा

काठमाडौँ- नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले शिक्षकहरुको मागलाई सम्बोधन गर्ने विषयमा शिक्षामन्त्रीले सदनबाट जानकारी गराउनुपर्ने माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा थापाले शिक्षकहरुको मागका लागि भइरहेको प्रयासका बारेमा शिक्षामन्त्रीले सदनबाट जानकारी गराउन माग गरेका हुन्।

सिंगो संसद् त्यसप्रति गम्भीर छ भन्ने अनुभूति सिंगो देशले गर्ने गरी शिक्षामन्त्रीले सदनबाट आश्वस्त पार्नुपर्ने उनले बताए। शिक्षा विधेयक संसद्को यस अधिवेशनबाट टुंग्याउने प्रक्रियामा रहेको र त्यसका लागि संसदीय समितिको उपसमितिमा निरन्तर छलफल भइरहेको जानकारी गराए।

शिक्षक आन्दोलनका क्रममा भएको घटनाप्रति दुखद रहेको भन्दै उनले आन्दोलनका नाममा हुने दमन उचित नभएको बताए। उनले शिक्षकलाई समेत संयमित भएर आफ्ना मागहरुका बारेमा शान्तिपूर्ण तवरले ध्यानाकर्षण गराउन सुझाव दिए।

प्रकाशित: १५ वैशाख २०८२ १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast