
सर्लाही– प्रहरीले सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सदरमुकाम मलंगवा नगरपालिका–६, खुटौनाबाट उक्त रकमसहित भारतको सीतामढी जिल्ला कुनौलीका ४० वर्षीय शम्भुकुमार साह पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
बीआर ०६ सिटी २४२२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आँउदै गर्दा उनी पक्राउ परेका हुन्।
मोटरसाइकल जाँच गर्ने क्रममा साहको साथबाट ठूलो परिमाणमा रकम बरामद भएको हो। बरामद रकम र मोटरसाइकलसहित उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १४ वैशाख २०८२ २२:४९
प्रतिक्रिया