चर्चित फुटबलर कार्लोसले भेटे प्रधानमन्त्री ओली

हिमाल प्रेस १० वैशाख २०८२ १५:३५ | Wednesday, April 23, 2025
चर्चित फुटबलर कार्लोसले भेटे प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार सिंहदरबारमा भेट गर्दै ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोस। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार उनीहरुबीच भेट भएको हो। कार्लोस नेपाल सुरपल लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका हुन्।

प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए। ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिएका थिए। खेलाडी कार्लोसलाई ओलीले माउन्टेन फ्ल्याइट र जंगल सफारी गर्ने योजनासहित फेरि नेपाल भ्रमणमा आउन आग्रह गरेका थिए।

प्रकाशित: १० वैशाख २०८२ १५:३५ | Wednesday, April 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast