गभर्नर सिफारिस समितिका सदस्य डा. भट्टराईको राजीनामा

हिमाल प्रेस ९ वैशाख २०८२ १६:३३ | Tuesday, April 22, 2025
गभर्नर सिफारिस समितिका सदस्य डा. भट्टराईको राजीनामा

काठमाडौँ– नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समिति डा. विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। उनले मंगलबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष राजानामा दिएको बताए। भट्टराई नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर हुन्।

डा. भट्टराईले भर्नर सिफारिस समिति गठन भएपछि एकपटक पनि बैठक नबसेकाले राजीनामा दिन बाध्य भएको बताए। उनले हिमालप्रेससँग भने, ‘कामै गर्न नपाएपछि समितिमा बसिरहनुको औचित्य रहेन। समिति किन बनेको हो भन्ने थाहा भएन। समितिले काम गर्न समेत पाएन। यस अर्थमा पनि राजीनामा दिएको हुँ।’ उनले समिति गठन भएको १ महिना बित्नै लाग्दा एउटा पनि बैठक बस्न नसकेको बताए।

चैत ११ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको थियो। समितिका अर्का सदस्यमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल छन्।

गभर्नर पद भने चैत २४ गतेदेखि रिक्त छ। गभर्नर सिफारिस प्रक्रिया अघि नबढेपछि सरकारले २५ चैतदेखि डेपुटी गभर्नर नीलम ढुंगानालाई कायममुकायम जिम्मेवारी दिएको छ। सत्तारूढ कांग्रेस र एमालेबीचमा भागबन्डा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ हुँदै आएको छ।

प्रकाशित: ९ वैशाख २०८२ १६:३३ | Tuesday, April 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast