वर्षको पहिलो साता बैंकिङ कारोबार ओरालो

हिमाल प्रेस ९ वैशाख २०८२ १३:२९ | Tuesday, April 22, 2025
वर्षको पहिलो साता बैंकिङ कारोबार ओरालो

काठमाडौँ- साल २०८२ को वैशाख पहिलो सातादेखि वाणिज्य बैंकहरुको कारोबार ओरालो लागेको छ। पहिलो साता निक्षेप रकम २० अर्ब र कर्जा २४ अर्ब रुपैयाँ घटेको नेपाल बैंकर्स संघले जनाएको छ। संघले जारी गरेको विवरणमा चैतको अन्तिम १० दिनमा ७४ अर्ब निक्षेप र ४६ अर्बभन्दा धेरै कर्जाको बढोत्तरी भएको थियो। वैशाख लाग्नेबित्तिकै निक्षेप र कर्जा दुवै घटेको संघको तथ्यांकमा छ।

कर्जाको विस्तारपछि २०७७ सालयताकै उच्च वृद्धि भएको चैत महिना यही हो। पुस, माघ र फागुनका मासिक आँकडाहरुले पनि चार वर्षकै उच्च कर्जा वृद्धि भएको थियो। गत कात्तिक मसान्तलाई छाड्ने हो भने वर्षभरि कर्जाको बढोत्तरी भएको देखिएको थियो। यस वर्षको सुरुमै कर्जा घटेको छ।

हरेक वर्ष वैशाखमा निक्षेप र कर्जा दुवैको वृद्धिदर ओरालो लाग्ने गरेको छ। अघिल्ला वर्षमा पनि यस्तै भएको छ। २०७७ साल चैतमा व्यापक मात्रामा बढेको कर्जा विस्तार २०७८ वैशाखदेखि घट्न थालेको थियो।

संघले भने चालू आर्थिक वर्ष सुरु भएको ९ महिनाभन्दा बढी समयको अन्तरालमा निक्षेप रकम ३ खर्ब ४५ अर्ब अर्थात् ६ प्रतिशत बढेर वाणिज्य बैंकहरुसँग रहेको निक्षेप ६१ खर्ब पुगेको जनाएको छ। यस्तो निक्षेप चैत मसान्तमा ६१ खर्ब २० अर्ब पुगेको थियो।

प्रकाशित: ९ वैशाख २०८२ १३:२९ | Tuesday, April 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast