चितवन राष्ट्रिय निकुञ्ज प्रभावितलाई एक करोड बढी राहत

हिमाल प्रेस ९ वैशाख २०८२ ९:५५
6
SHARES
चितवन राष्ट्रिय निकुञ्ज प्रभावितलाई एक करोड बढी राहत

चितवन- चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट प्रभावितलाई एक करोड २३ लाख छ हजार ८४२ रुपैयाँ राहत प्रदान गरेको छ। निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका चार सय १२ घटनाको राहतस्वरूप सो रकम उपलब्ध गराएको हो।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा विभिन्न समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तुले गराएका घटनाबापत सो रकम पीडितलाई बुझाइएको हो।

उनका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका आठ जनाको परिवारलाई ८० लाख, घाइते २७ जनाको उपचार खर्च १६ लाख ९३ हजार ६४२ रुपैयाँ, दुई सय ४४ वटा खाद्यान्नबाली क्षतितर्फ १४ लाख १७ हजार रुपैयाँराहत रकम बुझाइएको उनले बताए।

उनका अनुसार ९५ पशुधन क्षतितर्फ नौ लाख १९ हजार ७०० रुपैयाँ, १८ घरगोठ क्षतितर्फ एक लाख ६६ हजार रुपैयाँ, १३ भण्डारण गरेको अन्नबाली क्षतिका लागि ८३ हजार रुपैयाँ र कुखुरा क्षतिबापत २७ हजार ५०० राहत रकम बुझाइएको छ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट हुने क्षतिबापत राहत रकम दिने गरिन्छ। मृत्यु भएमा निजको परिवारलाई १० लाख रुपैयाँ दिने व्यवस्था छ भने घाइते र अन्य क्षतिमा दिइने रकम प्रकृति हेरेर दिइने गरिन्छ।

सूचना अधिकारी थापामगरले भने, ‘वन्यजन्तु मानव बस्तीमा पसेर गर्ने क्षतिको परिपूर्ति हुन नसक्ने भए पनि केही राहत होस् भनेर निकुञ्जले राहत वितरण गर्ने गरेको छ।’

मानव वन्यजन्तुबीचको द्वन्द्वका कारण हुने यस्ता घटना न्यूनीकरणका लागि निकुञ्जले राहतको कार्यक्रम मात्र नभएर विभिन्न किसिमका चेतनामूलक कार्यक्रम पनि गर्दै आएका छन्।

प्रकाशित: ९ वैशाख २०८२ ९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast