भक्तपुरमा दीप श्रेष्ठ एकल साँझ

हिमाल प्रेस ८ वैशाख २०८२ ८:४९ | Monday, April 21, 2025
भक्तपुरमा दीप श्रेष्ठ एकल साँझ

भक्तपुर- गायक दीप श्रेष्ठको एकल सांगीतिक साँझ भक्तपुरमा हुने भएको छ। आइतबार भक्तपुरमा भक्तपुर सांगीतिक समाज र चेम्बर अफ कमर्सले आयोजना गरेको पत्रकार सम्मेलननमा यसबारे जानकारी दिँदै समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले यही वैशाख २० गते दीप श्रेष्ठको कालजयी गीत संगीत एकल साँझमा गुञ्जने बताए।

एक हजार दर्शक सहभागी हुने कार्यक्रममा श्रेष्ठले १६ वटा गीत प्रस्तुत गर्ने र भक्तपुर सांगीतिक समाजको तर्फबाट अन्य गायक गायिकाको प्रस्तुति रहने जनाइएको छ।

कार्यक्रममा भक्तपुरका मौलिक सांस्कृतिक पहिचान झल्किने सामग्री, विभिन्न उत्पादन एवं परिकारका स्टलसमेत राखिने अध्यक्ष बज्राचार्यले जानकारी दिए।

पत्रकार सम्मेलनमा वरिष्ठ गायक श्रेष्ठले संगीतमा आधुनिकीकरण बढिरहेकाले आधुनिक गीत संगीतको संरक्षणमा चुनौती थपिँदै गएको बताए।

कार्यक्रममा वरिष्ठ गीतकार सुभासचन्द्र ढुंगेलले भक्तपुरमा पछिल्ला केही वर्षयता हुनथालेका आधुनिक गीत संगीतको एकल गायन साँझ र यहाँका युवा पुस्ताले सुरु गरेको गीत संगीतको अभियानले नयाँ ऊर्जा थपिएको बताए।

कार्यक्रमका संयोजक एवं समाजका सदस्य रोशन धौभडेलले संस्थाले यसअघि पनि अरुण थापा स्मृति साँझ, नारायणगोपाल स्मृति साँझ, दीपक खरेल साँझ, भक्तपुर सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवजस्ता कार्यक्रम सञ्चालन गरिसकेको उल्लेख गरे।

प्रकाशित: ८ वैशाख २०८२ ८:४९ | Monday, April 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast