दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

हिमाल प्रेस ५ वैशाख २०८२ २०:३८
12
SHARES
दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

दाङ– दाङमा शुक्रबार साँझ बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा दश जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए।

घाइतेको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ। तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ।

प्रकाशित: ५ वैशाख २०८२ २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast