वीरगन्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

हिमाल प्रेस ५ वैशाख २०८२ ८:०४ | Friday, April 18, 2025
वीरगन्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाएकोले सुनसान देखिएको वीरगन्जको घण्टाघर आसपासको सडक। तस्बिर : रासस

पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगन्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७:०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो।

‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम वीरगन्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७:०० बजेदेखि लागु हुने गरी हटाउने निर्णय भएको छ,’ जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ।

गत शनिबार हनुमान जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो।

प्रकाशित: ५ वैशाख २०८२ ८:०४ | Friday, April 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast