रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिँदै सुमना

हिमाल प्रेस ४ वैशाख २०८२ १०:५२ | Thursday, April 17, 2025
रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिँदै सुमना सुमना श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिने तयारी गरेकी छन्।

उनले आज बस्ने बैठकमा राजीनामाको प्रस्ताव पेस गर्ने तयारी छ। रास्वपाले पनि श्रेष्ठले राजीनामा प्रस्ताव गर्न खोजेको पुष्टि गरेको छ। ‘एक व्यक्तिले एक पद मात्र ओगट्नुपर्छ भन्ने सकारात्मक आशयले उहाँले राजीनामा प्रस्ताव गर्नुभएको हो,’ रास्वपाका प्रवक्ता मनिष झाले हिमाल प्रेससँग भने,‘धेरै पदमा ओगट्नु हुन्न भन्ने सोँचका साथ पार्टीबाट राजीनामा दिन खोज्नुभएको हो।’

झाले नेपालमा विकसित भइरहेको ‘एक व्यक्तिले धेरै पद ओगट्ने’ प्रवृत्तिलाई हेर्दै श्रेष्ठले राजीनामा प्रस्ताव गरेको बताए।

‘नेपालमा एक प्रधानमन्त्रीले कतिवटा विश्वविद्यालयको कुलपति ओगटेको छ। त्यसो गर्दा पद मात्र ओगट्ने तर काम नहुने समस्या छ नि,’ झा भन्छन्,‘प्रधानमन्त्रीले आफ्नै पद मात्र चलाउनु उचित हो नि।’ श्रेष्ठ प्रतिनिधिसभा सदस्य समेत हुन्। उनी रास्वपाको समानुपातिक कोटाबाट सांसद भएकी हुन्।

प्रकाशित: ४ वैशाख २०८२ १०:५२ | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast