सुनसरीमा गोली प्रहार

हिमाल प्रेस १ वैशाख २०८२ २०:३७ | Monday, April 14, 2025
सुनसरीमा गोली प्रहार सांकेतिक तस्बिर।

इटहरी– सुनसरीमा गोली प्रहार भएको छ। सोमबार साँझ जिल्लाको देवानगञ्जमा अज्ञात समूहले गोली प्रहार गरेको हो।

घटनामा दुई जना घाइते भएका छन्। घाइते हुनेमा देवानगञ्ज गाउँपालिका–२ का २४ वर्षीय रवीन्द्र यादव र वडा नं. १ का शिवुकुमार मेहता रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार यादवको अवस्था सामान्य छ भने मेहताको अवस्था गम्भीर रहेको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ वैशाख २०८२ २०:३७ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast