युरोपेली संघबाट प्यालेस्टिनी जनताका लागि नयाँ आर्थिक सहायता घोषणा

हिमाल प्रेस १ वैशाख २०८२ १९:१९ | Monday, April 14, 2025
युरोपेली संघबाट प्यालेस्टिनी जनताका लागि नयाँ आर्थिक सहायता घोषणा फाइल तस्बिर

काठमाडौँ– युरोपेली संघले सोमबार प्यालेस्टिनी जनतालाई सहयोग गर्न एक अर्ब ६० करोड युरो बराबरको नयाँ आर्थिक सहायता घोषणा गरेको छ। यो सहयोग तीन वर्षको अवधिमा दिइनेछ।

यो घोषणा प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफा र युरोपेली विदेश मन्त्रीहरूबीचको बैठकको अघिल्लो दिन गरिएको हो।

‘हामी प्यालेस्टिनी जनताको साथमा छौँ। यो सहयोगले सन् २०२७ सम्म पश्चिमी किनारा र गाजाको अवस्था सुधार गर्न मद्दत गर्नेछ,’ युरोपेली संघको विदेश नीति प्रमुख काया कालासले सामाजिक सञ्जालमार्फत जानकारी दिए।

गाजामा युद्ध फेरि सुरु भएपछि युरोपेली संघले प्यालेस्टिनी प्रशासनलाई सहयोग बढाउने निर्णय गरेको हो।

यस सहयोगअन्तर्गत, प्यालेस्टिनी प्रशासनलाई सिधै ६२ करोड युरो बराबरको अनुदान दिइनेछ। यो सहयोगले शासन प्रणाली सुधार, आर्थिक विकास, पूर्वाधार निर्माण जस्ता काममा सहयोग पु¥याउनेछ।

अर्कोतर्फ, ४० करोड युरो बराबरको ऋण पनि युरोपेली लगानी बैंकमार्फत उपलब्ध गराइनेछ।

यो नयाँ सहयोग अघिल्लो सन् २०२१ देखि २०२४ सम्मको एक अर्ब ३६ करोड युरो बराबरको सहयोग योजनाको निरन्तरता हो।–रासस/एएफपी

प्रकाशित: १ वैशाख २०८२ १९:१९ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast