बिग्रिएको स्काभेटर चलाउन प्रयास गर्दा दुर्घटना, दुईको मृत्यु

हिमाल प्रेस १ वैशाख २०८२ १०:४३ | Monday, April 14, 2025
बिग्रिएको स्काभेटर चलाउन प्रयास गर्दा दुर्घटना, दुईको मृत्यु

हुम्ला- चङ्खेली गाउँपालिकामा गएराति स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा चङ्खेली गाउँपालिका-२ का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

उनीहरू दुवैजनाको उपचारको क्रममा मृत्यु भएको पोखरेलले बताए। चङ्खेली गाउँपालिकाको–लोती भन्ने स्थान पिपलाङ्बाट मिमितर्फ जानेक्रममा प्रदेश नम्बर २.०३.००१ क ९७५ को स्काभेटर पल्टिएर एक सय मिटर तल खसेको जनाइएको छ।

चालक अर्जुन कामीले बिग्रेको स्काभेटरलाई चलाउने क्रममा एक्कासि स्काभेटर सडकबाट करिब सय मिटर तल खस्दा घाइते भएका दुबै जनाको उपचारका लागि श्रीमष्ठा प्रथामिक स्वास्थ्यचौकी पुर्‍याइएको थियो।

प्रकाशित: १ वैशाख २०८२ १०:४३ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast