नयाँ वर्ष मनाउन परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा

हिमाल प्रेस ३१ चैत २०८१ २०:१५ | Sunday, April 13, 2025
नयाँ वर्ष मनाउन परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा

इलाम– नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन्।

परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उनीहरु आइतबार अपराह्न कन्याम पुगेका हुन्।

परराष्ट्रमन्त्री देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलागयत ४५ जना उच्च अधिकारीले कन्याम भ्रमण गरेका हुन्।

टोलीलाई नगरपालिकाले कन्यामम स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पु¥याएको छ। अतिथिलाई कन्याममा पञ्चैबाजाले स्वागत गरिएको थियो।

परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो। प्रतिनिधिमण्डलमा इजिप्ट, दक्षिण कोरिया, युके, स्वीट्जल्याण्ड, थाइल्याण्ड, अष्टे«लिया, फ्रान्स, इजरायल, जापानका राजदूत छन्।

प्रकाशित: ३१ चैत २०८१ २०:१५ | Sunday, April 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast