अब कांग्रेस नेतृत्वमा सरकार बन्छ : प्रचण्ड

हिमाल प्रेस ३१ चैत २०८१ १५:१६ | Sunday, April 13, 2025
अब कांग्रेस नेतृत्वमा सरकार बन्छ : प्रचण्ड पुष्पकमल दाहाल

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन्। चितवनको भरतपुरमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले विकसित घटनाक्रमले अब नयाँ सरकार बन्ने बताएका हुन्।

उनले भने, ‘नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढेको छ। अहिलेको नयाँ अनुभवका आधारमा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ।’

प्रचण्डले सरकारतर्फ माओवादीको ध्यान नरहे पनि अहिलेको सरकार धेरै अगाडि जान सहज नभएको दाबी गरे। उनले वर्तमान सरकारप्रति चौतर्फी रुपमा असन्तुष्टि र आवेग देखिएको बताए।

प्रचण्डले २०८१ साल समग्रमा धेरै उत्साह र धेरै निराशा नभएको बताए। उनले राम्रा काम गर्न, राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्न, आत्मालोचना गर्न तथा जनता र राष्ट्रको आवश्यकताअनुसार अगाडि बढ्ने नयाँ संकल्प गर्नको लागि पुरानो वर्षले आधार दिएको बताए।

प्रकाशित: ३१ चैत २०८१ १५:१६ | Sunday, April 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast