मकालुमा लेक लागेर चिकित्सकको मृत्यु

हिमाल प्रेस ३० चैत २०८१ २१:०४ | Saturday, April 12, 2025
मकालुमा लेक लागेर चिकित्सकको मृत्यु प्रतीकात्मक तस्बिर।

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–२ डाँडाखर्कमा लेकलागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार तनहुँ भिमाद नगरपालिका–२ का २७ वर्षीय डा. आशिष सिग्देलको मृत्य भएको हो।

मकालु बेसक्याम्प जाने क्रममा चार हजार २०० मिटरमा सिक्देललाई लेक लागेको अनुमान गरिएको प्रनाउ बस्नेतले बताए।

दुर्गम र भौगोलिक अवस्थाका कारण सिक्देलको शव आइतबार मात्रै खाँदबारी ल्याइसक्ने प्रहरीले जनाएको छ।

प्रकाशित: ३० चैत २०८१ २१:०४ | Saturday, April 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast