दुर्गा प्रसाईं प्रकाउपछि बाबुरामको प्रतिक्रिया- गणतन्त्रको पाठ राम्ररी पढाइयोस्

हिमाल प्रेस २९ चैत २०८१ १२:०४ | Friday, April 11, 2025
2
SHARE
दुर्गा प्रसाईं प्रकाउपछि बाबुरामको प्रतिक्रिया- गणतन्त्रको पाठ राम्ररी पढाइयोस्

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले दुर्गा प्रसाईंलाई गणतन्त्रको पाठ राम्ररी पढाउन आग्रह गरेका छन्।

यही चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई आज नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रसाईं पक्राउपछि पूर्वप्रधानमन्त्री डा.भट्टराईले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै भने, ‘कसैले उचालेको प्रतिक्रान्तिकारी उपद्रवीलाई लाखौं जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको पाठ राम्ररी पढाइयोस्।’

हिंसात्मक प्रदर्शनपछि प्रसाईं तीनकुनेबाटै भागेर भारत पुगेका थिए।

प्रकाशित: २९ चैत २०८१ १२:०४ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast